Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तस्वीरमा हेर्नुहोस् प्रहरीका कुकुरको तिहार

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ।

नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा–अर्चना गरेको हो।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका करिब सयवटा कुकुर छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्ने गर्छ ।

महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077