Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • तिहारले भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् : राष्ट्रपति पौडेल

    तिहारले भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 816
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बताएका छन् ।

    तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरे ।



    ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’ ,उनले जारी गरेको सन्देशमा भनिएको छ ।



    नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको राष्ट्रपति पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार