Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन र गृहमन्त्री श्रेष्ठबीच लन्चसहितको भेटघाट

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बिच लञ्चसहितको भेटघाट भएको छ ।

शनिवार बिहान मेयर बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।

मेयर बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।

केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077