Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट युवकको मृत्यु, दुईजना घाइते

झापा । सुनसरी धरानमा कार्यरत प्रहरी उपरीक्षकले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-६ निवासी १८ वर्षीय अनिल मर्डी रहेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै शुक्रबार राती ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् ।

स्कारपियोका चालक संघीय प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाल रहेको प्रहरीले जनाएको छ । उनी प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077