Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्यूरोड क्षेत्रमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकाको न्यूरोडलगायत मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड क्षेत्रका सुन चाँदी पसलहरुमा सुन चाँदी किन्नेहरु पुगेका छन् ।आर्थिक मन्दिका कारण बजारमा चहलपहल कम भएपनि तिहारको बेला भने राजधानीका मुख्य बजार न्यूरोडमा अत्याधिक जाम बढेको छ ।

भाडाका चार पांग्रे सवारी प्रवेश निशेध गरिएको न्यूरोडमा सवारी चाप र मानिसहरुको भिड उत्तिकै छ । तिहारका बेला रोडसम्मै व्यापार हुने गरेपनि यो वर्ष भने फुटपाथमा कुनै पनि बजार छैन ।

तरपनि बजारमा भिड भने अत्याधिक रहेको छ । न्यूरोडका सुन चाँदी पसलमा त झन ग्राहकहरुको घुँइचो थेगिनसक्नु नै छ । बेहुली झै सिंगारिएका न्यूरोडका सुन चाँदी पसलमा धनतेरसका दिन ग्राहकहरुको भिड बढेको हो ।

देशमा आर्थिक मन्दी भनिरहँदा सुन चाँदी पसलमा भने ग्राहकहरुको भिड देख्दा नेपाल जनता धनी नै छन् भन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077