Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।

नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् । ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ । ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सकि्रप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

नतिजमा चित्त नबुझेको परीक्षार्थीले १५ दिनभित्र ८ मंसिरभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् । कार्यालयले ९ र १० असोजमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077