Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ ।

यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कार्यहरू विभिन्न १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने थप पाँच बुँदामा गरी कुल २० बुँदे विशेष महत्वपूर्ण जानकारी दिँदै त्यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिक तथा समुदायको विशेष ध्यानाकर्षण गराएको छ ।

साउदी अरबको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिमाना हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न÷नगराउन दूतावासले अनुरोध गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077