Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यमन्त्रीलाई राष्ट्रपतिले भने – घाइतेको उपचारमा ध्यान दिनू, प्रक्रिया सहज बनाउनू

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रपतिभवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिको निजी सचिवालयका अनुसार राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्ने बताए ।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077