Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय सरकारलाई मधेशको चेतावनी – ३० दिनभित्र प्रहरी समायोजन गर्नू, नभए आन्दोलन गर्छौं

काठमाडौं । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय दिएको छ ।

बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रहरी समायोजन गर्न ३० दिनको म्याद दिएका हुन् ।

उनले ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखेर बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिए । प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न समस्या भएको उनको दाबी छ ।

सो समय सिमामा पनि प्रहरी समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077