Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोट भूकम्प पीडितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब सहयोग गर्ने

काठमाडौं । अदालतका न्यायाधीशहरुले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।

तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077