Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • रिगल प्रकरणमा सरकारले राष्ट्रपतिलाई विवादमा पार्‍यो : विश्वप्रकाश शर्मा

    रिगल प्रकरणमा सरकारले राष्ट्रपतिलाई विवादमा पार्‍यो : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 768
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल ‘रिगल’को कैद मिनाहाको घटनामा सरकारले माफी माग्नुपर्ने बताएका छन् ।

    महामन्त्री शर्माले रिगललाई आममाफी दिएको विषयमा सर्वोच्चको फैसला आइसक्दा पनि सरकारको कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाएका हुन् ।



    उनले रिगलको कैद मिनाहाका विषयमा सरकारले नैतिक जिम्मेवारी नलिएको बताए । नेपालगञ्जका चेतन मानन्धर हत्यामा दोषी ठहर भएका रिगललाई ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए ।



    चेतनकी पत्नी भारती शेर्पाले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उक्त कैद मिनाहा बदर गरिदिएको थियो । सर्वोच्चको आदेशपछि रिगल पुनः जेल परेका छन् । महामन्त्री शर्माले रिगलको कैद मिनाहाको सिफारिस आएपछि राष्ट्रपति कार्यालयले पनि विचार गर्र्नुपर्ने धारणा राखे ।

    रिगललाई पुनः जेल चलान गर्ने सर्वोच्चको आदेशले कैद छुटको सन्दर्भमा भइरहेको बेथितिलाई लगाम लगाउन र थिति बसाउन यो घटना कोशेढुंगा सावित हुने दाबी गरे ।

    अहिलेसम्म पनि सरकारले रिगलको आममाफीमा आत्मालोचना र माफीसमेत नमागेको भन्दै उनले आक्रोश पोखे । यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने भन्दै अहिलेसम्म आत्मलोचना र जिम्मेवारी समेत नलिएकोमा उनको आपत्ति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार