Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषाका एसपी खड्कालाई फिर्ता बोलाउने प्रहरी प्रधान कार्यालको निर्णय

काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ ।

खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो ।

संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो । आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् ।

मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।

आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्। आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077