Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्साबाट अपहरणमा परेका साहको प्रहरीले गर्‍यो भारतबाट उद्धार

वीरगन्ज । अपहरणमा परेका पर्साका नथुनी साह कलवारलाई भारतको भेलाहीबाट उद्धार गरिएको छ । जिल्लाको कालिकामाई गाउँपालिका ४ का कलवारलाई नेपाल प्रहरीले उद्धार गरेको हो ।

आइतबार बेलुका अपहरणमा परेका नथुनीलाई आइतबार नै करिब राति साढे १२ बजेतिर सीमावर्ती भारतीय गाउँ भेलाहीबाट प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नथुनीलाई पर्साकै पकाहामैनपुर गाउँपालिका-१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर भारतभित्र पर्ने भेलाही गाउँबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

नथुनीलाई अपहरण गरेको आरोपमा प्रहरीले कालिकामाई-४ कै आमोद चौरसिया (बरई) लाई पक्राउ समेत गरेको छ । पर्सा जिल्ला अदालतबाट मुद्दा जितेर साइकलमा वीरगन्जबाट गाउँ फर्किरहेका बेला आफूलाई उनीहरूले पर्साको प्रसौनी भन्ने ठाउँबाट अपहरण गरेको नथुनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077