काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।
राप्रपाले विहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो ।
जाजरकोट भूकम्पलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।
राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूप्रति दुःख प्रकट गरेको छ ।
घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलरसमेत गरिसकेको राप्रपाले जनाएको छ ।
Leave a Reply