Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थिरता कायम गर्न कोशीमा सर्वदलीय सरकार बनाउनुपर्छ : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय/सवपक्षीय सरकार बनाउनुपर्ने बताए ।

केन्द्रमा एक प्रकारको गठबन्धन भए पनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077