Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्प पीडितको उद्धार तथा खोजमा सरकारलाई सघाउन एमाले तत्पर छ : केपी ओली

पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताएका छन् ।

नेकपा एमालेको मधेश प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवम् राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरे ।

यस्तै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आउँदो चुनावमा बहुमत प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077