Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन सरकारले असंवैधानिक काम गरिरहेको छ : केपी ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले असंवैधानिक काम गरिरहेको आरोप लगाएका छन् ।

वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरे।

रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।’

उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए ।

उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077