Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसद्वारा पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका सार्वजनिक कार्यक्रम स्थगित गरेको हो ।

तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने छ ।

भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077