Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

    भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क गराएको छ ।

    गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।



    भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।



    सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ ।

    उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

    हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार