Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प पीडितलाई सुदूरपश्चिम प्रदेशले एक करोड सहयोग गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश सरकारले जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिमबाट पठाउने निर्णय पनि भएको छ।

स्वास्थ सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली शनिबार नै प्रभावित ठाउँका लागि जाने छ।

शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077