Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाबाट पारित भयो विद्युतीय व्यापार विधेयक

काठमाडौं । राष्ट्रियसभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक २०८०’ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो ।

सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक प्रस्तुत गरेका थिए । उद्योगमन्त्री रिजालको प्रस्तावलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसैबीच राष्ट्रियसभा बैठकमा चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराइएको छ ।

सभाका अध्यक्ष तिमिल्सिनाले चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराए । उनले राष्ट्रियसभाको चालु १४ औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077