Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारसँग संवाद गरेर विपिनलाई उद्धार गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्दारका लागि आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारलाई जोशीको उद्दारका लागि आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले विपीन हमासको नियन्त्रणमा रहेको पुष्टि भएकाले कतार सरकारसँग संवाद गरेर उद्दार गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए।

महामन्त्री शर्माले भने,'नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने संभावना औंल्याइएका छन्। यो विषयमा गम्भीर पहल गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।'

विपन हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले पुष्टि गरेको छ। विपीन इजरायल र हमासबीच युद्धका क्रममा बेपत्ता भएका थिए।

उनका साथीहरूले हमासले नियन्त्रणमा लिएर लगेको भनिएपनि उनको अवस्था अज्ञात थियो। तर इजरायल सरकारले विपीन हमासको नियन्त्रणमा रहेको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077