Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुम्बुबाट उद्धार गरिएका स्वीट्जरल्याण्डका नागरिकको उपचारको क्रममा मृत्यु

सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका स्वीट्जरल्याण्डका नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वीजरल्याण्डका ६५ वर्षीय हार्ल्ड फ्रान्ज इगोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु भ्रमण्मा आएका इगोन गत शुक्रबार लुक्लादेखि नाम्चे जाने क्रममा अचानक मलद्वारबाट रगत बग्ने समस्याका कारण बाटैमा सिकिस्त बनेका थिए ।

हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौंको हेम्स अस्पताल पुर्‍याइएका इगोनको उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077