Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अझै २० वर्ष राजनीति गर्छु, प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउनु छ : केपी ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउन अझै २० वर्ष राजनीति गर्ने बताएका छन् ।

सोमबार कास्कीको पोखरामा एमाले गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले आफ्ना बुवा नै अहिलेसम्म तगडा रहेको भन्दै ओलीले २० वर्ष राजनीति गर्ने उल्लेख गरे ।

‘अस्ति एकजनाले कति राजनीति गर्नुहुन्छ भनेर सोध्दा पदमा बस्छु–बस्दिन, २० वर्ष राजनीति गर्छु भनेको थिए । प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउनु छ । पदमा नबसे पनि अगाडि बढ साथीहरू भनेर पछाडिबाट भन्छु । २० वर्ष राजनीति गर्छु भन्दा अचम्म मान्छन् १ मरो बुवा अहिले पनि तगडा हुनुहुन्छ भने मेरो कुरै नगर्नुस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077