Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड–माधवहरु राजनीतिक रुपमा दक्षिणपन्थी र सांगठनिक रुपमा अराजकतावादी बने : बादल

पोखरा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए । सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए ।

कार्यक्रममा उनले भने–‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्‍यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्‍यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’

बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे ।

फरक प्रसंगमा बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077