Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रसंघ महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

महासचिव गुटेरेसले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँग आइतबार अपराह्न नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।

महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको छ।

यसअघि गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन्।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077