Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • इजरायल-हमास युद्ध : शान्ति सेनामा खटिएका नेपाली सैनिक घाइते, पेट र हातमा लाग्यो गोली

    इजरायल-हमास युद्ध : शान्ति सेनामा खटिएका नेपाली सैनिक घाइते, पेट र हातमा लाग्यो गोली

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

    इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएका संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइतेका हुन् ।



    नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको बताइएको छ । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । उनको अवस्थामा भने सामान्य रहेको बताइएको छ ।



    संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिए ।

    हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको बताइएको छ । गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्ध जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार