Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा, इन्टरनेट र फोन सेवा पनि बन्द

एजेन्सी । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ ।

स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको हो । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।

सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको बताए । तर यो युद्ध निकै कठिन रहेको उनको भनाइ छ ।

मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077