Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामीमाथि उठिरहेका प्रश्नको समय आएपछि जवाफ दिन्छौं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताएका छन् ।

कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’

कार्यक्रममा ओलीसहितका शीर्ष नेता पुगेका थिए । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि पुराना दल र नेताले जवाफ दिने तयारी भएको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077