Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्र सङ्घको अपिल - गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्नू

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ ।

यदि युद्ध विराम नगरेमा गाजामा राहातका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको राष्ट्र सङ्घ बताएको हो ।

इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसङ्घको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् ।

यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ । अहिले २ सय २९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077