Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

    इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 834
    SHARES

    गाजापट्टी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सो युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।



    अक्टोबर ७ मा हमास लडाकुले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सिमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।



    २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दाबी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन् । राससर

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार