Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिटबाट एक जनाको मृत्यु

सल्यान । सल्यानमा कुटपिटबाट एक युवाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुई जना युवाले कुटपिट गर्दा मृत्यु भएको हो ।

छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077