Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल पुगे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न म्याक्रोन इजरायल पुगेका हुन् ।

म्याक्रोनको यो भ्रमणको उद्देश्य इजरायलसँग फ्रान्सको ऐक्यबद्धता देखाउनु भएको बताइएको छ ।

म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने बताइएको छ ।

यस भ्रमणका क्रममा उनले इजरायली राष्ट्रपति इसाक हर्जोग र विपक्षी दलका नेता बेनी गान्ट्ज र यायर ल्यापिडसँग भेट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077