एजेन्सी । आवश्यक सहायता लिएर गएको सवारीसाधनको तेस्रो समूह इजिप्टसँगको रफाह ‘क्रसिङबाट गाजामा प्रवेश गरेको छ ।
२० लाखभन्दा बढी नागरिकको घर गाजाले इजरायलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।
शनिबार र आइतबार कुल ३४ ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याएका थिए ।
यी प्रयासका बाबजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टाइनी क्षेत्रसम्म पर्याप्त रूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघका विज्ञले आइतबार गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए ।
गाजाका निम्ति इजरायलको सीमा क्रसिङ बन्द गरिएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टाइनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एक मात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ । रासस
Leave a Reply