Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैदेशिक रोजगारमा खुलेआम ठगी भयो, अवैध एजेण्टलाई दण्डित गर्नुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बैदेशिक रोजगारमा भइरहेको खुलेआम ठगीलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह निर्वाचन क्षेत्र नं ३ अन्तर्गत आज फतुवा विजयपुर नगरपालिका वडा नं १ बैरगनियामा आम जनता पार्टीले राखेको दशैँको शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष साहले ठग मेनपावर र अवैध एजेण्टलाई दण्डित गर्न जनताको व्यापक माग रहेकोले यसप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको र संघर्ष गर्ने बताए ।

उनी रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघिय सांसदसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077