Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा मारिएका दिपेशराज विष्टको महाकालीमा अन्त्येष्टी

काठमाडौं । इजरायलमा मारिएका दार्चुलाका दिपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ ।

मृतक विष्टको सोमबार बिहान धार्मिक परम्परा अनुसार कञ्चनपुर स्थित महाकाली नदीमा अन्त्येष्टी गरिएको हो । इजरायबाट आइतबार मात्रै काठमाडौँ शव ल्याईएको थियो ।

आइतबार सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो ।

बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दिपेशको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टी गरिएको छ ।गत २० असोजमा हमास समुहले ईजरायलमा हमला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077