एजेन्सी । इजरायलले उत्तरी गाजा छाड्न स्थानीयलाई आग्रह गरेको छ ।
उक्त क्षेत्र खाली नगरे यहाँ बसोबास गर्ने मानिसलाई पनि प्यालेस्टिनी लडाकु समूह हमासको सहयोगी मानिने धम्की इजरायली सेनाले दिएको छ।
यसअघि पनि इजरायलले २४ घण्टाभित्र उत्तरी गाजा छाड्न चेतावनी दिएको थियो ।
जसका कारण धेरै परिवारले आफ्नो थातथलो छाडेका थिए।