Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट थप दुईजना नेपाली स्वदेश फर्किँदै

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप दुईजना नेपाली भारत हुँदै स्वदेश फर्किने भएका छन् ।

भारत सरकारको 'अपरेशन अजय' अभियानमार्फत् दुई जना नेपाली नयाँ दिल्ली हुँदै नेपाल आउने भएका हुन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आइतबार इजरायलबाट दुई नेपालीसहित १४३ जनाको उद्धार गरी स्वदेश फर्काइएको जानकारी दिए ।

यसअघि भारत सरकारकै सहयोगमा १८ जना नेपाली नयाँ दिल्ली हुँदै नेपाल फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077