Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव परिवारलाई हस्तान्तरण

कैलाली । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी विमानस्थलमा आइतवार मृतकका परिवारलाई बुझाइएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका आशिष चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज विष्टको शव परिवालाई बुझाइएको हो ।

मृतक चार युवा विद्यार्थीको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका परिवार धनगढी विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभाका नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीले अध्ययन गरेका सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, परिवारलगायतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077