Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा जिप दुर्घटना : मृतकको नाम खुल्यो, ठेगाना खुल्न बाँकी

पाल्पा । पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नाम खुले पनि ठेगाना खुल्न बाँकी छ । मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन् ।

मृतकहरू ६५ वर्षीय कृष्णबहादुर लोहनी, ५५ वर्षीय चुना धिताल, ३५ वर्षीय सविना धिताल, ५५ वर्षीय पार्वती लोहनी, ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जिपका चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते छन् । पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077