Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा मारिएकामध्ये तीन विद्यार्थीको शव काठमाडौं आइपुग्यो

काठमाडौँ । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएकामध्ये ३ जना नेपाली विद्यार्थीको शवको काठमाडौँ आइपुगेको छ ।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको हो ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो ।

आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने बताइएके छ । ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077