Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमास विद्रोही समूहले रिहा गर्‍यो बन्धक बनाएका आमा-छोरी

एजेन्सी । असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।

यही अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाइएका दुई महिलालाई हमासले रिहा गरेको हो । आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो।

अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् ।इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ ।

उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077