Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन अहिलेसम्मकै महँगो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज एक्कासी उच्च भएको हो । साउनको ४ ते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।

उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077