Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज गर्ने निर्णय

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका अस्पताल विकास समिति खारेज गरेको छ ।​

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिने छ ।

यस्तै, प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077