Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बढुवा भएका छन् । मंगलबार बसेको कार्यपालिका वैठकले उनलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।

हाल उनी नगर प्रहरी उपरीक्षक रहेका छन् । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ ।

सोही अनुसार कार्यपालिका वैठकले पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको बताइएको छ । सुशासन समितिका संयोजक ख्यामराज तिवारीले एसएसपी बढुवाका लागि ३ जना एसपीको नाम सिफारिस गरेका थिए ।

समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077