Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई भीम रावलको प्रश्न - लाखौं जनता सडकमा उतार्ने धम्की कसलाई दिएको ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सडकमा लाखौं जनता र कार्यकर्ता सडकमा ल्याउने अभिव्यक्ति दिएपछि नेता रावलले आपत्ति जनाएका हुन् ।

नेता रावलले सामाजिक संञ्जालमा लेखेका छन्,‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो ? आफैंलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई ? कसको विरुद्ध लाखौं मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’

लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप गरेकोबारे चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको भन्दै प्रश्न गरेका छन् ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएको र कुनै जातजातिको बाहुल्य नभएकाले जातीय राज्यमा जान नसक्ने स्पष्ट पारे । उनले देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्ने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077