Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा बैतडीमा तीन जना घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बैतडीको मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर नजिक आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।

मन्दिरको निर्माण सामग्री बोकेको म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदार गाउपालिका–५ का गगनसिंह कार्की भएका छन् ।

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको बुझिएको छ ।

घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077