Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन 'बेल्ट एण्ड रोड फोरम'मा सहभागी हुन पुगे बेइजिङ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनको बेइजिङ पुगेका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ आइपुगेका हुन् ।

अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा आज सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका पनि उपस्थित हुनेछन्। फोरमको राष्ट्रपति सीले उद्घाटन गर्ने छन् ।

कार्यक्रममा सहभागी हुन चीन पुगेका विदेश मन्त्री सर्गेई लाभरोले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गरिसकेका छन् ।

कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको फोरमको तेस्रो संस्करणले चीनको विश्वव्यापी पूर्वाधार निर्माण योजना, बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सव मनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077