Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • सभापति देउवा र नेता कोइरालाको शैलीले पार्टीलाई फाइदा गर्दैन : विश्वप्रकाश शर्मा

    सभापति देउवा र नेता कोइरालाको शैलीले पार्टीलाई फाइदा गर्दैन : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 684
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी सरकार गठनबारे सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् ।

    सामाजिक सञ्जाल एक्समा लेख्दै महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुबै नेतालाई बदलिन आग्रह गरेका हुन् ।



    गठबन्धन जोगाउने प्रस्ताव राखेको स्मरण गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देशित गरेको स्थिति हो ।व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नो समूहभित्र साझा मत खोज्नुभयो ।’



    एक्लै कुन दलले सरकार बनाउन नसक्ने अवस्थामा नेतृत्वले निरन्तर सम्वाद गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । कोशीमा तत्कालीन संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएपछि देउवाले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेका थिए ।

    तर शेखर निकट केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरे । उनको पक्षमा बहुमत भएपछि उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार