Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न सक्तिनँ, म पूर्णप्रतिबद्ध छु : रक्षामन्त्री खड्का

काठमाठडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न नसक्ने बताएका छन् ।

उनले नेपाली सेनाको भावी प्रधान सेनापतिको नाममा आफ्नोसमेत नाम जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको बताउँदै आइतबार ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काले सेनाको भावी सेनापतिको नाममा आएका समाचार भ्रामक र असत्य भएकोसमेत बताए ।

‘नेपाली सेनाको भावि प्रधान सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ट पार्न चाहान्छु,’ उनले लेखेका छन्, ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु।’

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि सरकारले तीन वर्ष थपेकोमा केही नेताहरु असन्तुष्ट बनेका छन्। यहि असोज १ गतेबाट सेवा अवधि सकिएका अधिकारीको म्याद सरकारले तीन वर्षको लागि थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077